देउराली माविप्राविधिक शिक्षालयले आज एसइई परीक्षा २०७९ मा सहभागी विद्यार्थीहरुलाई बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न गरेको छ ।
देउराली मा.वि.कक्षा १० मा अध्ययनरत विद्यार्थीको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रमेश कोईराला, सभापति कक्षा १० मा अध्ययनरत छात्रा सृष्टि बराम, विशेष अतिथि विद्यालयका प्रधानाध्यापक खिल बहादुर धमला, अतिथिहरु विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, सल्लाहकार सदस्य, तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरु रहनु भएको थियो । विभिन्न सांस्कृतिक प्रस्तुति सहित सम्पन्न कार्यक्रममा विदाई हुने विद्यार्थीहरुको तर्फबाट एसइई परीक्षा २०७९ मा सहभागी रिता तामाङले विद्यालय जीवनमा हासिल गरेको अनुभव सहित मन्तव्य राख्नु भएको थियो । विद्यार्थीहरुलाई आगामी शैक्षिक भविष्य सफलताको कामना सहित खादा र मायाको चिनो दिएर सम्मान गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
neelkanthafm@gmail.com
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |