नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित
नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदै
धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’
गजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शन
धादिङको जहरेमा पहिरो, दुईतर्फी सडक अवरुद्ध
रोटरी क्लब अफ धादिङद्धारा देउराली मा.विमा वृक्षरोपण
धादिङ । ज्वालामुखी गाउँपालिकामा विद्यालय सुधार, योजना निर्माण तथा विद्यालय ब्यवस्थापन सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।गाउपालिका भित्रका शैक्षिक सुधारका लागी पालिका भित्रका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका अध्यक्षहरु बिच चार दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठिमा विद्यालय सुधार योजना निर्माणमा सरोकार पक्षको भूमिका, विद्यालयको समग्र व्यवस्थापनमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले गाउँपालिका भित्रका शैक्षिक सुधारको लागी आफु प्रतिवद्ध रहेको बताउदै गुणस्तरीय शिक्षाका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीहरु इमान्दर भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले युग सुहाउँदो शिक्षा दिनुपर्ने आजको आवश्यकतालाई हामीले भुल्न नहुने बताउँदै आफ्नो दायित्वलाई सबै पक्षले बुझ्नु जरुरी रहेको बताउनु भएको छ ।
जुपिटर नेपालले प्राविधिक सहयोगमा भएको चार दिने कार्यशालामा धनन्जयशर्मा अधिकारी, चुडामणि सुवेदी, रमेश सुवेदी, सुमन पण्डित, देवकी सिखडा लगायतले सहजीकरण गर्नुभएको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |