तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
काठमाडौँ,०४ असोज ।
नेपाली फिल्मका निर्माता तथा राजनीतिज्ञ रघु परियार नेपाली जनता दलको तर्फबाट समानुपातिक बन्दसूचीको नम्बर १ मा परेका छन् ।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली जनता दलले सोमबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा उनको नाम पहिलो नम्बरमा रहेको छ ।
अन्तर्राष्ट्रिय सम्पर्क राम्रो भएको र नेपाली राजनीति बुझेको युवा भएकोले उनको नाम पहिलो स्थानमा सिफारिस गरिएको दलले जनाएको छ । आसन्न प्रतिनिधिसभा २७५ सांसद रहनेछन् । जसमा ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन्।
नेपाली जनता दलका वरिष्ठ उपाध्यक्षसमेत रहेका रघुले आफ्नो नाम पहिलो स्थानमा सर्वसम्मत रुपमा चयन भएकोमा खुसी व्यक्त गरे । ‘मलाई मेरो कर्मको फल प्राप्त भए जस्तो लागेको छ । मैले गरेको मेहनतले नै मलाई पार्टीबाट सर्वसम्मत रुपमा समानुपातिक तर्फको बन्दसूचीमा १ नम्बरमा राखिएको छ’, उनले भने ।
निर्माता रघुले केही दिनअघि मात्र बलिउड निर्माता तथा निर्देशक पुस्कर झासँगको सहकार्यमा ‘सायरा’ निर्माणको घोषणा गरेका छन् । पुस्करसँग उनको नेपाली व्यानर डीबीआर मेडिया एण्ड मुभिज प्राली र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहनेछ ।
फिल्मलाई बलिउड अभिनेता तथा निर्देशक विशाल देसाईले निर्देशन गर्दैछन् । अस्ट्रेलियामा ९० प्रतिशत र नेपालमा १० प्रतिशत छायांकन हुने फिल्ममा आर्यन सिग्देल, सुफिया सिद्दिकी , कविता नेपाली लगायतको अभिनय रहनेछ । फिल्म आउँदो अक्टोबरमा छायांकन हुने तयारी गरिँदैछ । रघुले पहिलो फिल्म ‘वीरांगना’ निर्माण गरेका थिए ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |