प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङ,११ असार।
धादिङमा रग्बी संघ धादिङ गठन गरिएको छ ।
शनिबार संघको पहिलो बैठकबाट राजु लामाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको हो । कार्यसमितिको उपाध्यक्षद्वय नवराज त्रिपाठी र राजेश मल्ल, सचिवमा पुजा थापा, कोषाध्यक्षमा रोहित थापा चयन भएका छन् ।
यस्तै सदस्यहरुमा जुनु घलान लामा, सन्तबीर तामाङ, दिपक तामाङ र दिपेश श्रेष्ठ चयन भएका छन् । जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल रग्बी संघका सचिव गोविन्द घिमिरे र रग्बी संघ महिला विभिाग प्रमुख एवम् महिला टिम क्याप्टेन एलिसा थापाको बिशेष आतिथ्यता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गदैँ जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष तामाङले धादिङमा खेलकुदको विकासले छलाङ मार्दै गरेको भन्दै भौतिक पूर्वाधार देखि खेलाडी उत्पादन सम्म जिल्ला खेलकुदले विशेष प्लान बनाएर लागेको बताउनुभयो । कार्यक्रमका विशेष अतिथिद्वय घिमिरे र थापाले अब हरेक स्थानीय तह सम्म नै रग्बी संघ गठन गरिने र नियमित रुपमा प्रतियोगिता गरिने बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषदमा ३७ औँ नम्बरमा दर्ता भएको रग्बी संघ, एसिया रग्बीमा पूर्ण सदस्यता प्राप्त गर्ने १८ औँ राष्ट्र नेपाल रहेको र यसको लोकप्रियता बढ्दै गएको कार्यक्रममा आयोजकले बताएका थिए ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |