नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
काठमाडौं, ११ चैत
बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ ठेगाना भएका ६८ वर्षीय कृष्ण बहादुर थापा छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंले गत फागुन २० गते उनलाई १ वर्ष कैद सजाय ठहर गरेको थियो । त्यसपछि उनी फरार रहेका थिए ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा बारा जितपुर सिमरा उपमहानगरपालिका–४ बाट उनलाई पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले उनलाई २०७७ मंसिर २२ गते सोही मुद्दामा १ करोड २५ लाख रुपैयाँ विगो वापतको रकम जरिवाना र सो को कानुन बमोजिम हुने व्याज समेतको विगो दाखिला गर्ने फैसला सुनाएको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बबरमहल काठमाडौंमा पठाइएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |