प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
काठमाडौं, ११ चैत
न्यूरोडको रञ्जना सिनेमा हल आज शुक्रबारबाट पुनः सञ्चालनमा आउने भएकाे छ । बन्द भएको वर्षाैंपछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आएको हो । रञ्जना सिनेमामा तीन वटा अडिटोरियम रहेका छन् ।
१३०, १८० र २५१ सिट क्षमताका भिन्ना भिन्नै अडिटोरियम अत्याधुनिक सेवा सुबिधाका साथ सञ्चालनमा आएको छ । सञ्चालक नरेन्द्र महर्जनका अनुसार सिनेमा प्रोजेक्सनलाई स्तरिय बनाउन फोरके प्रोजेक्सन राखिएको छ । एलडब्ल्यु साउण्ड सिष्टम जडान गरिएको छ । थ्रिडि चलचित्रका पारखीहरुलाई लक्षित गरी हलमा थ्रिडी सिस्टम पनि हलमा जडान गरिएको छ ।
विस २०१४ सालबाट सञ्चालनमा आएको रञ्जना नेपालकै पुरानो चलचित्र हलमध्येको एक हो । कुनै समय चलचित्र प्रदर्शनका लागि प्रमुख मानिने रञ्जना सिनेमा बन्द गर्दै सञ्चालकले सो स्थानमा रञ्जना ट्रेण्ड सेन्टर निर्माण गरेका थिए ।
२०७१ साल साउन २५ गतेबाट रञ्जना ट्रेण्ड सेन्टर सञ्चालनमा आएको थियने । कालु गुरुङ, वीरेन्द्रनारायण महर्जन र नरेन्द्र महर्जनको टिमले संचालन गरेको हलमा बिहीबार साँझ विशेष शो आयोजना गरिएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |