तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ, १० चैत
धादिङ उद्योग वाणिज्य संघ धादिङको २८ औं वार्षिक साधरण सभा तथा १० औं अधिवेशन नरोक्न जिल्ला अदालत धादिङले अन्तरिम आदेश जारी गरेको छ ।
धादिङ उद्योग वाणिज्य संघको अधिवेशन सार्न लागिएको भन्ने हल्ला चलिरहेको बेला आज जिल्ला अदालत धादिङले अन्तरिम आदेश जारी गर्दै अधिवेशन नरोक्न भनेको हो ।
धादिङ उद्योग वाणिज्य संघ धादिङले चैत १० देखि १२ गते सम्म २८ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन गर्न सुचना जारी गरिसकेका अवस्थामा चुनाव सार्न लागिएको भन्दै एमाले र काग्रेस निकट ब्यवसायीहरु चुनाव सार्नुपर्ने कुनै कारण नभएको भन्दै अदालत पुगेको थिए । यसरी अदालत जानेमा एमाले निकट यवसायी तिलक सिंखडा र कांग्रेस निकट व्यवसायी राजकुमार श्रेष्ठ रहेका छन् ।
सूचना जारी भए सँगै धादिङ उद्योग वाणिज्य संघको चुनावको चहलपहल ब्यापक भैसकेको थियो । कांग्रेस र एमालेको एउटा गठबन्धन, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको अर्को गठबन्धन बीच चुनाव हुने तयारी छ ।
अधिबेशनमा कांग्रेस एमाले गठबन्धनले विष्णु प्रसाद थपलियालाई र माओवादी केन्द्र र एकीकृत समाजवादीले पूर्व अध्यक्ष समेत रहेका बोदनाथ दुवाडीलाई अध्यक्ष पदमा अगाडी सारेको छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |